आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • उप निर्वाचन बिषेश
  • उपनिर्वाचनका लागि रास्वपाले तोक्यो सातै प्रदेशमा कमाण्डर, सुदूरपश्चिममा श्रेष्ठलाई जिम्मेवारी

उपनिर्वाचनका लागि रास्वपाले तोक्यो सातै प्रदेशमा कमाण्डर, सुदूरपश्चिममा श्रेष्ठलाई जिम्मेवारी

  • बिहिबार, कार्तिक २२, २०८१
उपनिर्वाचनका लागि रास्वपाले तोक्यो सातै प्रदेशमा कमाण्डर, सुदूरपश्चिममा श्रेष्ठलाई जिम्मेवारी

काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो ।

जसअनुसार कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा कमाण्डरको रूपमा खटाएको छ ।

स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा मनोनयन दर्ता गरिँदै छ । त्यसका लागि सो पार्टीले आन्तरिक निर्वाचन गर्ने तय भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार