• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा डिभिजन वन प्रमुख पाठककाे मन्त्रालयमा सरुवा, राजीवन चौधरी बाजुरा आउदै

बाजुरा डिभिजन वन प्रमुख पाठककाे मन्त्रालयमा सरुवा, राजीवन चौधरी बाजुरा आउदै

सुदूरपश्चिमको वन मन्त्रालयका ७२ जना कर्मचारीको एकैपटक गरियो सरुवा

  • बिहिबार, कार्तिक २२, २०८१
बाजुरा डिभिजन वन  प्रमुख पाठककाे मन्त्रालयमा सरुवा, राजीवन चौधरी बाजुरा आउदै

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका ७२ जना कर्मचारीको एकैपटक सरुवा भएको छ। सो मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार कर्मचारीहरुको सरुवा गरिएको हो।

डिभिजन वन अधिकृतहरुको यसअघि नै सरुवा गरेको मन्त्रालयले आठौँ तहका चार जना कर्मचारीसहित ७२ जनाको सरुवा एकैपटक गरिएको छ। मन्त्रालयमा लामो समयदेखि कार्यरत कर्मचारीलाई मातहतको कार्यालयहरुमा पठाइएको छ। मन्त्रालयले २७ जना श्रेणीविहीन वन रक्षकदेखि डिभिजन वन अधिकृतसम्मै सरुवा गरेको छ।

डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई डिभिजन वन कार्यालय धनगढी र धनगढीमा कार्यरत रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय पहलमानपुर सरूवा गरिएको छ। डिभिजन वन कार्यालय पहलमानपुर दरबन्दी भएका रामविचारी ठाकुरलाई डिभिजन वन कार्यालय कञ्चनपुर तथा डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत भीमप्रसाद कँडेललाई डिभिजन वन कार्यालय डडेल्धुरा पठाइएको छ।

मन्त्रालयले आठौँ तहका चारसहित ७२ जना कर्मचारीहरुको एकैपटक सरुवा गरेको छ। आँठौ तहदेखि श्रेणी विहीन कर्मचारीहरुको समेत सरुवा मिलान गरिएको छ। मन्त्रालयको सचिवस्तरीय निर्णयमा डोटीमा कार्यरत रहेका आठौँ तहका वन अधिकृत लक्ष्मीराज जोशीको दार्चुला, डिभिजन वन कार्यालय, अछाममा कार्यरत बुद्धिराज भट्टको डोटी, डिभिजन वन कार्यालय, बैतडीमा कार्यरत दिलिपकुमार यादवको पहलमानपुर र डिभिजन वन कार्यालय, डडेल्धुरामा कार्यरत सुरेशचन्द्र डिसीको बाजुरा सरुवा गरिएको छ।

जलाधार कार्यालय, डोटीमा कार्यरत नृपेश अवस्थीलाई मन्त्रालय ल्याइएको छ। भु तथा जलाधार व्यवस्थापन कार्यालय, डडेल्धुरामा कार्यरत धनशेर थापालाई डोटी सरुवा गरिएको छ। मन्त्रालयले पाँचौ तहका भू–संरक्षण अधिकृत हेमन्त बुढाथोकीलाई डोटीबाट डडेल्धुरा पठाएको छ। मन्त्रालयले सातौ तहका १६ जना वन अधिकृतको समेत सरुवा गरेको छ।

मन्त्रालयमा कार्यरत दिपेन्द्र केसीलाई पहलमानपुर, वन निर्देशनालयमा कार्यरत बालमुकुन्द भट्टलाई डिभिजन बैतडी, पुष्पाञ्जली आर्चायलाई डडेल्धुरा, डिभिजन बैतडीबाट हेमनारायण सहनीलाई कञ्चनपुर, भोजराज पाठकलाई बाजुराबाट मन्त्रालय, डिभिजन पहलमानपुरबाट रविना पन्थीलाई निर्देशनालय, पहलमानपुरबाटै मोहमद ताहाहुसैन मिकरानीलाई बैतडी, डिभिजन कैलालीबाट जिसन कार्कीलाई बझाङ पठाइएको छ।

यस्तै, डिभिजन वन कार्यालय, कैलालीबाट भरतप्रसाद शाहलाई कञ्चनपुर, मन्त्रालयबाट राधिका बोहरालाई डडेल्धुरा, पहलमानपुरबाट विश्वराज पण्डितलाई डिभिजन वन कार्यालय, कैलाली, डोटीबाट प्रकाश जोशीलाई डडेल्धुरा, पहलमानपुरबाट सोमलाल घलानलाई निर्देशनालय, कञ्चनपुरबाट हरिनारायण कुमार सुरैत यादवलाई डडेल्धुरा, दार्चुलाबाट लालबहादुर विश्वकर्मालाई पहलमानपुर र कैलालीबाट गोविकृष्ण जोशीलाई डोटी सरुवा गरिएको छ।
मन्त्रालयले छैठौँ तहका आठ जना कर्मचारीको सरुवा गरेको छ।

कञ्चनपुरबाट शिवराज अवस्थीको मन्त्रालय, डोटीबाट महेन्द्रसिंह धामीको कञ्चनपुर, डडेल्धुराबाट रणेन्द्र सिंहको कञ्चनपुर र अछामबाट विमल चन्दको कञ्चनपुर सरुवा भएको छ। यस्तै, डडेल्धुराबाट केशव पौडेलको कैलाली, तालिम केन्द्रबाट रामऔतार चौधरीको मन्त्रालय, कैलालीबाट नरेश चन्द्र कर्णको बैतडी र पहलमानपुरबाट राजीवन चौधरीको बाजुरा सरुवा गरिएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पाँचौ तहका पाँच जना कर्मचारीको सरुवा गरेको छ। सात जना फरेष्टर र २७ जना वन रक्षकहरुको पनि सरुवा गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार