• होमपेज
  • समाचार
  • सुदूरपश्चिममा एकैदिन ६ वटा सवारी दुर्घटना, १२ जना घाइते

सुदूरपश्चिममा एकैदिन ६ वटा सवारी दुर्घटना, १२ जना घाइते

  • आइतवार, कार्तिक १८, २०८१
सुदूरपश्चिममा एकैदिन ६ वटा सवारी दुर्घटना, १२ जना घाइते

धनगढी– हिजो (शनिवार) साँझसम्म सुदूरपश्चिममा ६ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर १२ जना घाइते भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा से १ प ९२३१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा ४० वर्षीय पुरुष घाईते भएका छन्। उनको सेती प्रादेस्शक अस्पताल धनगढीमा उपचार भईरहेका प्रहरीले बताएको छ। उनको अवस्था मध्यम रहेको छ।

कैलालीकै कैलारी गाउँपालिका–६ धरमपुरमा से ५ प ४११८ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा ३ वर्षीय बालक नितेन चौधरी घाईते भई भएका छन्। बालकको निर्सग अस्पताल धनगढीमा उपचार भईरहेको छ। उनको अवस्था मध्यम रहेको छ।

यस्तै कैलारी गाउँपालिका–२ बड्कामुडामा सुदूरपश्चिम प्रदेश ०१०११प ६८०५ नम्बरको स्कुटी र सुदूरपश्चिम प्रदेश ०१००१ ह ५७८१ नम्बरको अटो एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। स्कुटी र अटो आपसमा ठोक्किदा २० वर्षीय युवक सन्देश चौधरी घाईते भएका छन्। घाईते युवकको कैलारी अस्पताल हसुलियामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ।

गौरीगंगा नगरपालिका–८ बढैपुरमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ७५१९ नम्बरको मोटरसाईकललाई सुदूरपश्चिम प्रदेश ०१–०१२ प २१४५ नम्बरको स्कुटीले ठक्कर दिँदा ९ वर्षीय बालक घाईते भएका छन्। बालकको निर्सग अस्पताल धनगढीमा उपचार भईरहेको छ। दिनेशखवरबाट

चर्चामा

सम्बन्धित समाचार