आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • साइकल चलाउँदै मोबाइल चलाए ६ महिना जेल सजाय

साइकल चलाउँदै मोबाइल चलाए ६ महिना जेल सजाय

  • शुक्रबार, कार्तिक १६, २०८१
साइकल चलाउँदै मोबाइल चलाए ६ महिना जेल सजाय

जापानमा साइकल चलाउने बेला मोबाइल चलाए ६ महिनासम्म जेल सजाय हुने भएको छ। शुक्रबारदेखि लागू भएको नयाँ कानुनमा साइकल चलाउने बेला मोबाइल प्रयोगको प्रतिबन्ध लगाएको हो।

कानुन उल्लंघन गर्नेलाई एक लाख येन जरिवाना र ६ महिनासम्म जेल सजाय हुने प्रावधान ल्याइएको हो। त्यस्तै मादक पदार्थ सेवन गरेर साइकल चलाए ३ वर्ष जेल र ५ लाख येन जरिवाना तिर्नुपर्नेछ।

कोरोना महामारीपछि जापानमा साइकल चलाउनेहरूको संख्या ह्वात्तै बढेको छ। जसका कारण साइकलबाट हुने दुर्घटना पनि बढेको छ। एक तथ्यांकअनुसार सन् २०२३ मा जापानमा ७२ हजारभन्दा बढी साइकल दुर्घटना भएको थियो। जुन यातायात दुर्घटनाको २० प्रतिशत हिस्सा हो।

चर्चामा

सम्बन्धित समाचार