बिहिबार, कार्तिक १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन् : ट्रम्प

ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन् : ट्रम्प

  • बिहिबार, कार्तिक १५, २०८१
ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन् : ट्रम्प

वासिङ्टन डीसी–  नोभेम्बर ५ मा अमेरिकामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नो एक सम्बोधनमा कमला ह्यारिसलाई निशाना बनाएका छन् । ‘उनले (कमल ह्यारिस)ले जितिन् भने तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन्,’ आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले भने ।

ह्यारिस पूर्णतया अयोग्य भएको र यसका कारण उनी अमेरिकाको राष्ट्रपति बन्न योग्य नभएको पनि उनले बताए । ‘सबैलाई थाहा छ कि उनी पूर्णतया अयोग्य छिन् । कसैले उनलाई सम्मान गर्दैनन्, कसैले उनीमाथि विश्वास गर्दैनन्, कसैले उनलाई गम्भीर रूपमा लिँदैन ।’ आफ्नी प्रतिद्वन्द्वीलाई निशाना बनाउँदै ट्रम्पले भने ।

ह्यारिस राष्ट्रपति बने भने उनले लाखौं मानिसहरूलाई तेस्रो विश्वयुद्धमा धकेल्ने आरोप पनि उनले लगाए । यसअघि डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पलाई निशाना बनाएकी थिइन् ।

उनले उनी डराउने भएकोले आफूहरूलाई विभाजित गर्न चाहेको बताएकी थिइन् । तर धेरै जनता यी सबै कुराबाट थाकेको अनि एक अर्कालाई औंला उठाउन चाहँदैनन् बरु हात मिलाउन चाहन्छन् भनेर भनेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार