मङ्लबार, कार्तिक १३, २०८१
  • होमपेज
  • खेलकुद
  • अमेरिकामा कमललाई तीन पदक

अमेरिकामा कमललाई तीन पदक

  • मङ्लबार, कार्तिक १३, २०८१
अमेरिकामा कमललाई तीन पदक

काठमाडौं– नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा दुई स्वर्ण र एक रजत गरी तीन पदक जितेका छन् । अमेरिकाको फ्लोरिडामा नोभेम्बर २६ र २७ तारिखमा भएको मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमलले पुरुष ब्ल्याक वेल्टको सफ्ट स्टायल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण तथा ग्रान्ड च्याम्पियन खुलाको फम्समा रजत पदक जितेको नेपाल उमा कुङफु संघले जनाएको छ ।

यसअघि कमलले आफ्नो खेल करियरमा विभिन्न राष्ट्रमा भएको प्रतियोगितामा ६ स्वर्ण, तीन रजत र चार कांस्य जितेका छन् । कमलले थाइल्यान्डमा सन् २०१८ मा भएको विश्व च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत, सन् २०१८ मै इङ्ल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य तथा क्रोएसियामा सन् २०१९ मा भएको वल्र्ड मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जितेका थिए ।

यस्तै अस्ट्रियामा सन् २०१९ मा भएको विश्व कपमा दुई रजत र एक कांस्य तथा इङ्ल्यान्डमा सन् २०२३ मा भएको युरोपियन च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य जितेका थिए । उनले सन् २०२० मा भएको भर्चुअल इन्टरनेसनल पेन्डामिक मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि एक स्वर्ण र एक कांस्य हात पारेका थिए । कमलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्दै आएका छन् ।

यसैगरी अनुप थापाले पुरुष ७० केजीमुनि ओरिएन्टल बक्सिङ लाइट वेटमा स्वर्ण, लाइट कन्ट्याक्ट र एमएमए लाइट, ओपन क्लासमा रजत तथा किक लाइटमा कांस्य पदक जितेका थिए । यसअघि अनुपले जापानको टोकियोमा भएको विभिन्न संस्करणको सुक वाङकिन्थोङ मुवाँथाइमा चार स्वर्ण हात पारेका थिए ।

सोही प्रतियोगितामा नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सिद्धार्थ र अनुप अमेरिकाको न्युयोर्कबाटै प्रतियोगितामा सहभागी भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार