बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • देश
  • साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने

  • सोमवार, कार्तिक १२, २०८१
साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने

काठमाडौं– नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै नेपालले छैटौं पटक फाइनलमा स्थान बनाएको हो ।

साफ च्याम्पियनसिपको सातौं संस्करण चलिरहँदा नेपाल सन् २०१६ मा मात्रै फाइनलमा पुग्न असफल भएको थियो । नेपालले उपाधिका लागि बिहीबार साविक विजेता बंगलादेशको सामना गर्ने छ । आइतबार नै भएको सेमिफाइनलमा भुटानलाई ७–१ गोलले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा दबाबमा खेल खेलेका थिए । खेलको दोस्रो हाफ तनावपूर्ण बन्दा झन्डै दुई घण्टा खेल ढिलासम्म सञ्चालन भएको थियो ।

भारतीय खेलाडीहरू गोलको खुसी मनाइरहँदा भुटानकी रेफ्री ओम चोकीले नेपाललाई खेल सञ्चालन गर्न लगाएकी थिइन् । भारतीय खेलाडी बाहिर रहेका कारण प्रिति राईले लामो प्रहार गर्दै गोल गरेकी थिइन् ।
नेपालकी फरवार्ड रेखा पौडेललाई खेलको ५१औं मिनेटमा दोहोरो पहेंलो (रातो) कार्ड दिएपछि दर्शकले नाराबाजी गर्दै मैदानमा पानीका बोलत फालेका थिए । जसका कारण करिब १५ मिनेट खेल रोकिएको थियो । खेल सुरु भएलगत्तै १० खेलाडीमा सीमित नेपालमाथि दबाब बनाउँदै भारतले गोल गरेको थियो । ७२औं मिनेटमा संगीता बाँसफोरेले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

भारतीय खेलाडीहरू गोलको खुसी मनाइरहँदा भुटानकी रेफ्री ओम चोकीले नेपाललाई खेल सञ्चालन गर्न लगाएकी थिइन् । भारतीय खेलाडी बाहिर रहेका कारण प्रिति राईले लामो प्रहार गर्दै गोल गरेकी थिइन् । तर, रेफ्री चोकीले गोल नदिएपछि फेरि दर्शकले नाराबाजी गर्दै मैदानमा बोतल फालेका थिए । जसका कारण एक घण्टाभन्दा बढी समय खेल अवरुद्ध भएको थियो ।

एक घण्टाभन्दा ढिलो गरी खेल सुचारु भएलगत्तै नेपालले गोल फर्काएको थियो । प्रीति राईले उपलब्ध गराएको सुन्दर पासलाई नियन्त्रणमा लिँदै सावित्रा भण्डारीले भारतीय गोलरक्षक वाङखेमदेवीलाई छक्याउँदै गोल गरेकी थिइन् । निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

टाइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता राना, सविता रानमगर र अमिशा कार्कीले गोल गरेका थिए । यस्तै भारतका मनिषा र पुरुषोत्तम शिरभोइकरले गोल गर्दा आशतलादेवी लौतोङबाम र चानु सोरोखाइबम चुकेका थिए । आशलतादेवीको प्रहार पोलमा लागेर फर्किएको थियो भने सारोखाइबमको प्रहार नेपालकी गोलरक्षक अन्जना रानामगरले विफल पारेकी थिइन् ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश लगातार दोस्रो पटक फाइनलमा पुगेका हुन् । सन् २०२२ मा नेपालमै भएको छैटौं संस्करणमा पनि यी दुई टोलीले फाइनल खेलेका थिए ।

उक्त फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । नेपालले साफ च्याम्पियनसिप आयोजना गरेको तेस्रो पटक हो । यसअघि सन् २०१९ र २०२२ को संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।

साफ च्याम्पियनसिपको सबैभन्दा सफल राष्ट्र भारत हो । भारतले अहिलेसम्म पाँचपटक उपाधि जितिसकेको छ । यस्तै बंगलादेशले एक पटक उपाधि चुमेको छ । पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणमा फाइनलमा पुगेको नेपाल उपविजेतामै सीमित बन्दै आएको छ । नेपालले चार पटक भारतसँग फाइनलमा पराजय बेहोरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार