आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • समाज
  • बारामा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

बारामा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

  • आइतवार, कार्तिक ११, २०८१
बारामा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

काठमाडौं– बारामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेको छ ।महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

गएराति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । यादवको हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार