बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • देश
  • नवलपुरमा जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी

नवलपुरमा जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी

  • आइतवार, कार्तिक ११, २०८१
नवलपुरमा जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी

नवलपुर– नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीका एकै घरका पाँच जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका छन् ।

च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

धनमाया राजवंशीले जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी गएराति पकाएर खाएका उनीहरुमा बान्ता हुने, रिंगाटा लाग्ने जस्ता लक्षण देखिएको थियो ।

बिरामी परेका सबैलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । उनीहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार