• होमपेज
  • समाचार
  • वन मन्त्रालयको नाम फेर्ने तयारी

वन मन्त्रालयको नाम फेर्ने तयारी

  • शनिबार, कार्तिक १०, २०८१
वन मन्त्रालयको नाम फेर्ने तयारी

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो । सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताएका छन् ।

‘हिजो भएको परिषद्को बैठकबाट यस मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको रुपमा नामांकन गर्न निर्देशन भएको छ । त्यो अनुसार हामी जाँदैछौँ । जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा हामी छौँ’, कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले भने ।

उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताए । जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भुगोलको कारणले धेरै समस्या र चुनौतीहरु महशुस गरिरहेको पनि उल्लेख गरे ।

‘जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भुगोलको कारणले धेरै समस्या र चुनौतीहरु महसुस गरिरहेका छौँ । जलवायु परिवर्तनको एउटा मुख्य कारक हुँदाहुँदै त्यसमा थपिएको हाम्रो पर्वतीय श्रृंखलाको एउटा संवेदनशील कारणले आफ्नो फाइदा पनि छ, यसको मूल्य पनि छ’, सचिव खरालले भने । कोप २९ का लागि देशको धारणा बनाउन वन मन्त्रालयले शनिबार राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार