बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • फुटबल
  • छेडेदह गोल्ड कप : लिग चरणबाट बाहिरए ६ टिम

छेडेदह गोल्ड कप : लिग चरणबाट बाहिरए ६ टिम

  • बिहिबार, कार्तिक ८, २०८१
छेडेदह गोल्ड कप : लिग चरणबाट बाहिरए ६ टिम

बाजुरा–  खप्तड छेडेदह गाउँपालिकाको आटिचौरमा जारी छैटौं संस्करण तथा छेडेदह गोल्डकप २०८१ प्रतियोगिताको लिग चरणबाट केपी बा स्पोर्टस क्लव सहित ६ टिम बाहिरएका छन् । लिगको चौथो खेलबाट केपी बा स्पोर्टस क्लव,आयोजक निलो र सिएससी सनाइवाडा,विवाइसी ताप्रा,एनवाइसी नडाङ्ग र विवाईसी बजेडी बाहिरिएका छन ।

गोल्ड कपमा दर्ता भएर लिग चरणमा खेलमा सहभागी भएका टिमहरु अंकका आधारमा सेमी फाइनलमा प्रवेश गरेको खेल संयोजक कृष्ण ओलीले बताएका छन्। लिगमा चार चरणमा खेलाइएको खेलमा कम अंक ल्याएका ६ टिम सेमी फाइनलमा प्रवेश नै नपाएर बाहिरएको आयोजकले जनाएको छ । बिहीबार विहान ११ बजेबाट सेमी फाइनलका खेल हुने खेल संयोजक ओलीले बताएका छन्।

पहिलो खेलमा आयोजक रेड र बडीमालिका ९ भिड्ने भएका छन् । भने दिउँसो १ः०० बजे कन्सर्न बाजुरा र गौमुल बीच प्रतिष्पर्धा हुने छेडेदह खेल संयोजक  ओलीले बताएका छन् । सेमी फाइनलका खेलबाट विजेता बनेको दुई टिम मात्र फाइनलमा प्रवेश हुन पाउने उनले बताएका छन् भने उप विजेता दुई टिम सेमीफाइनलबाट बाहिरिने उनकाे भनाइ रहेकाे छ । असोज ३ गतेबाट सुरु भएको छेडेदह गोल्डकप प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य पदमबहादुर शाहीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार