आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • फुटबल
  • छेडेदह गोल्डकप पहिलाे खेल: बडीमालिका–९ संग केपी बा स्पोर्ट्स क्लव पराजित

छेडेदह गोल्डकप पहिलाे खेल: बडीमालिका–९ संग केपी बा स्पोर्ट्स क्लव पराजित

  • आइतवार, कार्तिक ४, २०८१
छेडेदह गोल्डकप पहिलाे खेल: बडीमालिका–९ संग  केपी बा स्पोर्ट्स क्लव पराजित

बाजुरा– शनिबारबाट सुरु भएको छेडेदह गोल्डकपको आईतबार दोस्रो दिन पनि प्रतियोगीता जारी रहेका छन् । आईतबार भएका पहिलो चरणका खेलहरुमा केपी बा स्पोर्ट्स क्लव र बडीमालिका नगरपालिका–९ बीच प्रतिस्पर्धा भएको थियो । जसमा २–१ गोल अन्तरले केपी बा स्पोर्ट्स क्लवलाई पराजित गरी बडीमिालका–९ ले विजयी सुरुवात गरेको छ ।

तीन लाख धनराशीको छेडेदह गोल्ड कप जारी रहेको छ । लगातार छैटौं पटक आयोजना गर्दै आएको छेडेदह स्पोर्ट्स क्लबले यो पटकबाट भने गोल्डकपको रुपमा आयोजना गरेको हो । खप्तड छेडेदह गाउँपालिका र छेडेहद स्पोर्ट्स क्लवको सयुक्त सहकार्यमा गोल्ड कप आयोजना गरिएको हो । “खेल क्षेत्रको शान, छेडेदह गोल्डकप बाजुराको पहिचान” भन्ने नारा दिएर आयोजना गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार