आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पहिलो चरणको खेल सुरु,केपी बा र बडीमालिका ९ बीच प्रतिष्पर्धा हुँदै

पहिलो चरणको खेल सुरु,केपी बा र बडीमालिका ९ बीच प्रतिष्पर्धा हुँदै

  • आइतवार, कार्तिक ४, २०८१
पहिलो चरणको खेल सुरु,केपी बा र बडीमालिका ९ बीच प्रतिष्पर्धा हुँदै

बाजुरा– शनिबारबाट संचालन भएको छेडेदह गोल्डकप प्रतियोगितामा पहिलो चरणका खेल आइतबार विहानबाट सुरु गरिएको छ । पहिलो खेल केपी बा स्पोर्टस् क्लव विएम ९ बीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै दोस्रोमा नडाङ युथ क्लव र बजेडी युथ क्लव बीच प्रतिपर्धा हुनेछ ।
छेडेदह गोल्डकप २०८१ मा तेस्रो खेल सि एस सी ब्लु वि वाइ सी ताँप्रा बीच खेल हुने  खेल संयोजक कृष्ण ओलीले बताए । चौथो खेल गौमुल र सि एस सी सनाइवाडा बीच हुने संयोजक ओलीको भनाई रहेको छ । आज पहिलो चरणमा चार खेल हुने भएका छन् ।
जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ आटिचौरको दशरथ माध्यमिक विद्यालयको खेलमैदानमा खेलको पहिलो चरणको प्रतियोगिता सुरु भएको छेडेदह स्पोर्टस क्लवका संयोजक कृष्ण ओलीले बताए । जिल्लाकै ठुलो धनराशीको प्रतियोगितामा १० टिम सहभागी भएका छन् ।
हरेक वर्ष संचालन हुदै आएको उक्त प्रतियोगिता यो वर्षबाट गोल्डकपका रुपमा संचालन गरिएको हो । खप्तड छेडेदह गाउँपालिका र स्पोर्टस् क्लवले संयुक्त रुपमा संचालन गरेको उक्त प्रतियोगिता कार्तिक १० गतेसम्म चल्ने भएको छ । छेडेदह गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिएको छ । भने विजेता टिमलाई मेडल ट्रफी सहितको पुरस्कार वितरण गरिने छ ।
खप्तड छेडेदह गाउँपालिका–७ आटीचौरमा २०७६ सालपछि हरेक वर्ष प्रतियोगिता आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरिका रुपमा विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार