बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इजरायली आक्रमणमा परी उत्तरी गाजामा ७३ जनाको मृत्यु

इजरायली आक्रमणमा परी उत्तरी गाजामा ७३ जनाको मृत्यु

  • आइतवार, कार्तिक ४, २०८१
इजरायली आक्रमणमा परी उत्तरी गाजामा ७३ जनाको मृत्यु

एजेन्सी– उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलीले आक्रमण गर्दा कम्तिमा ७३ जनाको मृत्यु भएको छ । बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको बताइएको छ । शनिबार राति अबेर भएको बम विस्फोटमा परी धेरै मानिसहरु घाइते भएका छन् । अझै पनि धेरै मानिस भग्नावशेषमा फसेकाको खोजी जारी छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सेनाले हमासले हताहतको बारेमा बढाइचढाइ पूर्ण जानकारी दिएको आरोप लगाएको छ । बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा बन्द भएकाले उद्धार कार्यमा पनि बाधा पुगेको बताइएको छ । इजरायलले आफ्नो पछिल्लो आक्रमणमा भिडभाड भएको ठाउँलाई निशाना बनाएको हमास नियन्त्रित सरकारी मिडियाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार