शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरिबहरू जहाँ गएपनि उस्तै छ दुःख पिडा

गरिबहरू जहाँ गएपनि उस्तै छ दुःख पिडा

  • आइतवार, अशोज २७, २०८१
गरिबहरू जहाँ गएपनि उस्तै छ दुःख पिडा

सुन्दर देश भएर केकाम यहाँ रोजगार छैन,
आफ्नै देशमा जीवन यापनको आधार छैन।

गरिबहरू जहाँ गएपनि उस्तै छ दुःख पिडा,
गरिबको मर्म बुझ्ने यो संसारमै सरकार छैन।

डिग्रीकै बद्लामा राहादानी दिन्छ सरकारले,
रोजगारकै ग्यारन्टी शुरक्षा सिमाना पार छैन।

जसले अस्तु बोक्यो र आज देउघाट पुग्यो,
जीवित छँदाको देख्ने लाएक व्यवहार छैन।

वेइमानहरूको बिगबिगी छ हाम्रो समाजमा,
मृत्यु पछि तामझाम जीउँदाको उपचार छैन।

सबैले भैंदोहन गर्दा आज देशनै घायल भयो,
जनताले नजोगाए देश जोगाउँने औतार छैन।

चर्चामा

सम्बन्धित समाचार