• होमपेज
  • मनोरञ्जन
  • पत्रकार कृष्ण ओलीकाे शब्द र ज्ञानेन्द्र गिरीकाे संगीत मार्फत ‘खास हुन मन छ’ गित सार्बजनिक

पत्रकार कृष्ण ओलीकाे शब्द र ज्ञानेन्द्र गिरीकाे संगीत मार्फत ‘खास हुन मन छ’ गित सार्बजनिक

  • शनिबार, अशोज १९, २०८१
पत्रकार कृष्ण ओलीकाे  शब्द र ज्ञानेन्द्र गिरीकाे संगीत मार्फत ‘खास हुन मन छ’  गित सार्बजनिक

बाजुरा– श्रृगारिक रसमा लेखिएको खास हुन मन छ, गीतको म्यूजिक भिडियो बजारमा आएको छ । मेघ पौडेलले निर्माण गरेको गीतको म्यूजिक भिडियो बुधबारबाट बजारमा आएको हो । गायक तथा निर्माता पौडेलकै अफिसियल यूटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको संगीतकार ज्ञानेन्द्र गिरीले बताएका छन् । सञ्चारकर्मी एवं साहित्यकार कृष्ण ओलीको शब्द रहेको गीतमा मेघ पौडेल र ममता गुरुङ्गले स्वर दिएका छन् । अमेरिका निवासी मेघले नेपालमा आएर गीतको रेकर्ड र छायाकंन गरेका हुन् । चर्चित संगीतकार ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतको एरेन्जर सञ्जीव बराइलीले गरेका छन् । भने नरेश बिसीसीले मिक्सीङ्ग गरेका हुन् ।

ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतमा चर्चित मोडल विक्रम बुढाथोकी र सुरक्षा इटानीको अभिनय रहेको छ । गीतको म्यूजिक भिडियो नरेश भट्ले निर्देशन गरेका छन् । लामो समय पत्रकारितामा आवद्ध ओलीले प्रेममा परेपछिको समर्पण र आत्मीय भावलाई मनछुने गरि व्यक्त गरेका छन् । २ दिनमै ८६ हजार बढीले हेरिसकेको गीतमा राधा र कष्ण, मुना र मदनको प्रेमसँग तुलना गरेर शब्द लेखिएको छ । भने सीताले जस्तै अग्नी परीक्षामा पास हुने र जीवनमा खास भइरहेको भावलाई समेटिएको छ । प्रेमील भावले भरिएको गीतलाई सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया आउन थालेको छ ।

गीतका संगीतकार ज्ञानेन्द्र गिरीले सयैको संख्यामा गीतमा आफ्नो संगीत दिएका छन् । भने शब्द रचनाकार ओलीले २ वटा गजल संग्रह बजारमा ल्याएका छन् । संगीत सहीतको गीत भने ओलीको यो नै पहिलो सुरुवाद हो ।

भिडियाे हेर्न यहा किलिक गर्नुहाेला 

चर्चामा

सम्बन्धित समाचार