बिहिबार, अशोज १७, २०८१
  • होमपेज
  • क्रिकेट
  • क्यानडामा नेपालको दोस्रो जित, ओमान ५६ रनले पराजित

क्यानडामा नेपालको दोस्रो जित, ओमान ५६ रनले पराजित

  • बिहिबार, अशोज १७, २०८१
क्यानडामा नेपालको दोस्रो जित, ओमान ५६ रनले पराजित

काठमाडौं —क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटमा ओमानलाई हराउँदै नेपाल विजयी भएको छ। किङ सिटीमा आज राति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको हो।

कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई दोस्रो पटक हराएको हो। कप्तान पौडेलले अर्धशतक प्रहार गरेका थिए। नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रन जोड्दै अलआउट भएको हो।

ओमानका लागि जिसान मकसुदले ३ छक्कासहित ३५ र अकिब इलियासले २२ रन, प्रतिक अठावले १२ रनको योगदान गरे। नेपालका कुशल भुर्तेलले ३, रोहित पौडेल, सन्दीप लामिछाने र रिजन ढकालले २/२ विकेट लिए।

nullटस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। नेपालका लागि कप्तान पौडेलले दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए।

त्यसैगरी ओपनर अनिल साहले ११, आसिफ शेख १६, देव खनालले १८, कुशल मल्लले ११, गुल्सान झाले २ र दीपेन्द्रसिंह ऐरीले १ रन बनाएर आउट भए।

चर्चामा

सम्बन्धित समाचार