• होमपेज
  • समाचार
  • बाढीपहिरोमा मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जना अझै बेपत्ता

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जना अझै बेपत्ता

  • सोमवार, अशोज १४, २०८१
बाढीपहिरोमा मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जना अझै बेपत्ता

अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।

गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ ।

बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् । यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् । ३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार