• होमपेज
  • समाचार
  • मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो, हेलिकप्टरमा काठमाडौं लगिँदै

मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो, हेलिकप्टरमा काठमाडौं लगिँदै

  • शनिबार, अशोज १२, २०८१
मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो, हेलिकप्टरमा काठमाडौं लगिँदै

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको शव भेटिएको छ । सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए । उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । उनका अनुसार ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको थियो । बत्सलादेवी माविमा एन्फाले गत वर्षदेखि फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो । जहाँ ४० बालकहरुले प्रशिक्षण लिइरहेका थिए । बाँकी ३४ जना बालकलाई पनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइने प्रमुख जिल्ला अधिकारी चिलुवालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार