शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • शिक्षा
  • गाैमुल गाउँपालिकाद्धारा शैक्षिक गुणस्तर सुधार सम्बन्धी जनप्रतिनिधि र प्रधानाध्यापक बिच छलफल

गाैमुल गाउँपालिकाद्धारा शैक्षिक गुणस्तर सुधार सम्बन्धी जनप्रतिनिधि र प्रधानाध्यापक बिच छलफल

  • शुक्रबार, अशोज ११, २०८१
गाैमुल गाउँपालिकाद्धारा शैक्षिक गुणस्तर सुधार सम्बन्धी जनप्रतिनिधि र प्रधानाध्यापक बिच छलफल

बाजुरा– गौमुल गाउँपालिकाद्धारा  पालिकाकाे समग्र शैक्षिक गुणस्तर सुधार  गर्न बृहत   छलफल तथा समिक्षा कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।  शुक्रबार गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरु र प्रधानाध्यापकसंगको छलफल गरिएकाे हाे ।

पालिकाको शैक्षिक गुणस्तर सुधार भएन भन्ने व्यापक टिकाटिप्पणीलाई आत्मसाथ गरेर सम्पूर्ण विद्यालयहरुले यसमा गम्भीर हुनुपर्नेमा सहभागीहरुले जाेड दिएकाे गाैमुल गाउँपालिका प्रबक्त्ता देब बहादुर राेकायाले बताएका छन । स्थानीय सरकारका तर्फबाट भौतिक संरचना र अन्य व्यवस्थापनका विषय साथै शैक्षिक गुणस्तर सुधारमा जानुपर्ने सहभागीहरुसंग छलफल गरि समिक्षा भएकाे प्रबक्त्ता राेकायाले बताए ।

बैठकमा विद्यालयका प्रधानाध्यापकहरुले दैनिक विद्यालयमा सम्पादन गरेका क्रियाकलापको रिपोटिङ्ग गरेका थिए भने विद्यालयको अवस्था बारे जानकारी गरिएको थियो । शिक्षा युवा तथा खेलकुद विकास शाखाले आयोजना गरेको बैठकमा उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष प्रकाश रोकाया, देव बहादुर रोकाया, देवेन्द्र रोकाया, अमर विक लगायतको सहभागीता रहेको थियो ।

शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख राम नाथले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक र प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार