शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

  • शुक्रबार, अशोज ११, २०८१
वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी भएकी थिइन् । ओलीले गएराति महासभालाई सम्बोधन समेत गरेका थिए । सो क्रममा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए ।

प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबिचको विरोधाभासमा रहेको उल्लेख गरे। साथै उनले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार