शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

  • बिहिबार, अशोज १०, २०८१
वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी थिए ।
ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

चर्चामा

सम्बन्धित समाचार