• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराबासीद्धारा प्रजिअ पौडेलकाे भब्यताका साथ बिदाइ

बाजुराबासीद्धारा प्रजिअ पौडेलकाे भब्यताका साथ बिदाइ

  • बुधबार, अशोज ९, २०८१
बाजुराबासीद्धारा प्रजिअ पौडेलकाे भब्यताका साथ  बिदाइ

बाजुरा–  एक बर्ष बढि बाजुरामा बसेर कुशल प्रशासक ,मिलनसार अनि सहयोगी स्वभावका प्रमुख जिल्ला अधिकारी  भीमकान्त पाैडेलकाे बाजुराबासीले भब्यताका साथ बिदाइ गरेका छन ।  एक वर्ष समय अवधि पुगेका प्रमुख जिल्ला अधिकारी पौडेलको  गृह मन्त्रालयमा सरुवा भएपछि केही दिन जिल्लाका सरकारी कार्यालय ,स्थानीय तह र निजी तथा सामुदायिक संस्थाले प्रजिअ पौडेलकाे भब्यताका साथ   बिदाइ गरेका हुन।

प्रजिअ पाैडेलले जिल्लाकाे विकास र समृद्धिका सवालमा बाजुरालाई काठमाण्डौंले हेर्ने दृष्टिकोण भन्दा फरक पाएको बताए । सिडियो लगायत कर्मचारी कुटिन्छन् काम गर्न अप्ठेरो जिल्ला भनेर अवाहफ सुनिन्थे प्रजिअ पाैडेलले भने। तर, आफू कर्तव्यनिष्ठ भएर काम गरे केही हुँदैन यो त खाली भ्रम रहेछ भन्ने सिकाई भयो प्रजिअ पाैडेलकाे भनाइ रहेकाे छ । प्रमुख जिल्ला अधिकारी पौडेलको कार्यशैलीले बाजुरामा सरकारी कर्मचारी बस्ने वातावरण छैन भन्ने भ्रम चिरेको छ।

नागरिकको सेवामा समर्पित भएकै कारण प्रमुख जिल्ला अधिकारी पौडेललाई दर्जनौँ संघसस्थाले बिदाइ फुलमाला लगाएर पठाए , विवाद रहित काम गरे  ।   दजनौं संघ संस्थाले प्रजिअ पौडेलको औपचारिक बिदाइ गरेका छन् ।  बाजुरामा यस अघि बाजुराबासीले तत्कालिन प्रमुख जिल्ला अधिकारी धनप्रसाद सर्मा पाैडेललाइ पनि भब्यताका साथ बिदाइ गरेका थिए ।

May be an image of 10 people and text

May be an image of 9 people

May be an image of 12 people, people playing tennis and text

May be an image of 7 people and people smiling

 

चर्चामा

सम्बन्धित समाचार