• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा राष्ट्रिय परिचयपत्र सेवा बन्द

बाजुरामा राष्ट्रिय परिचयपत्र सेवा बन्द

  • बुधबार, अशोज ९, २०८१
बाजुरामा राष्ट्रिय परिचयपत्र सेवा बन्द

बाजुरा– बाजुरा जिल्लामा राष्ट्रिय परिचयपत्रको सेवा बन्द भएको छ । नेपाली नागरिकता प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको आईरिस उपकरण बिग्रिएपछि सेवा अवरुद्ध भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र बिग्रिएको र उपकरण जिल्लाभित्र मर्मत गर्न असम्भव भएर राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग काठमाडौंमा पठाउनुपर्ने हुँदा तत्काल सेवा अवरुद्ध भएको जनाएको छ ।

उपकरण बिग्रिएपछि कुनै वैकल्पिक व्यवस्था नभएकाले उक्त उपकरण मर्मत भई नआएसम्म राष्ट्रिय परिचयपत्र सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताएका छन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार