• होमपेज
  • बाजुरा बिशेष
  • चट्याङ लागेर गाैमुलमा एक महिला घाईते, पाँच पशु चाैपाया मरे

चट्याङ लागेर गाैमुलमा एक महिला घाईते, पाँच पशु चाैपाया मरे

  • बुधबार, अशोज ९, २०८१
चट्याङ लागेर गाैमुलमा एक महिला घाईते, पाँच पशु चाैपाया मरे

बाजुरा– बाजुराकाे गाैमुल गाउँपालिकामा चट्याङ लागेर एक महिला घाईते भएकि छन् । मंगलबार राति १२ बजेतिर चट्याङ लागेर साेहि गाउँपालिकाकाे वडा नं. ४  काैडाकाेट टाेलकी साउनी राेकाया घाईते भएकाे वडा अध्यक्ष अमर विकले बताएका छन् ।

वडा अध्यक्ष विकका अनुसार चट्याङले गर्दा घाईते भएकि साउनी राेकायाकै ४ वटा बाख्रा मरेका छन भने साेहि टाेलका वडा सदस्य मगल धामिकाे १ गाेरू मरेकाे छ ।

ईलाका प्रहरी कार्यालय घटमुनाकाे टाेलि र वडाकाे टाेलिले घटना स्थलमा पुगेर घाईतेलाई उपचारका लागि अस्पताल लिने तयारी गरेकाे छ । घाइते महिलाको खुट्टामा चोट लागेको र उपचारका लागि घट्मुना अस्पताल ल्याउँने तयारी भईरहेको वडा सदस्य मंडल धामीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार