• होमपेज
  • सुचना प्रबिधी
  • ४१ एसपीको सरुवा, प्रहरी प्रमुख फेरिए (सूचीसहित)

४१ एसपीको सरुवा, प्रहरी प्रमुख फेरिए (सूचीसहित)

  • बुधबार, अशोज ९, २०८१
४१ एसपीको सरुवा,  प्रहरी प्रमुख फेरिए (सूचीसहित)

नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उनको ठाउँमा श्यामबाबु ओली सरुवा भएका छन् । उनी आर्थिक अपराध सम्बन्धी अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन् ।

तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख गजुसिद्धि बज्राचार्य विशेष सुरक्षा गण बेलचौतारा तनहुँमा सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, बर्दिया, सिन्धुली, सुनसरी, धनकुटाका प्रमुख पनि फेरिएका छन् ।

हेर्नुहोस सरुवा सूची

चर्चामा

सम्बन्धित समाचार