शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परे वडाध्यक्ष

८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परे वडाध्यक्ष

  • मङ्लबार, अशोज ८, २०८१
८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परे वडाध्यक्ष

झापाको बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिए । पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओली पक्राउ परेका हुन् । अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमणिको नियन्त्रणमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमणिका डिएसपी प्रकाश विष्टले सुरक्षाको अवस्थालाई ध्यान दिँदै वडाध्यक्ष ओलीलाई इप्रकामा राखिएको बताए । उनले प्रहरीको क्षेत्राधिकार नभएकोले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा खबर गरिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार