• होमपेज
  • समाचार
  • शिक्षासहित दुईवटा समितिको बैठक बस्दै

शिक्षासहित दुईवटा समितिको बैठक बस्दै

  • सोमवार, अशोज ७, २०८१
शिक्षासहित दुईवटा समितिको बैठक बस्दै

 संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूल प्रवाहमा आउन नसकेका समुदाय तथा जातजातिको जनसङ्ख्याको अवस्था सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने तयारी छ ।

चर्चामा

सम्बन्धित समाचार