• होमपेज
  • बडिमालिका
  • बाजुरामा कृषि ज्ञान केन्द्रद्धारा कार्यान्वयन गर्ने ९ सिँचाइ योजनाका लागि ४७ लाख बजेट

बाजुरामा कृषि ज्ञान केन्द्रद्धारा कार्यान्वयन गर्ने ९ सिँचाइ योजनाका लागि ४७ लाख बजेट

  • आइतवार, अशोज ६, २०८१
बाजुरामा कृषि ज्ञान केन्द्रद्धारा कार्यान्वयन गर्ने ९ सिँचाइ योजनाका लागि ४७ लाख बजेट

बाजुरा– सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षको बजेटमा सिँचाइ कुलो र पोखरीका साढे तीन सय योजनाका लागि बजेट विनियोजन गरेको छ । जसमा बाजुरामा कृषि ज्ञान केन्द्रद्धारा कार्यान्वयन गर्ने ९ सिँचाइ योजनाका लागि ४७ लाख बजेट बिनियोजन गरिएको छ ।

कृषि ज्ञान केन्द्रहरूले कार्यान्वयन गर्ने योजनाका लागि साढे २० करोड बजेट विनियोजन गरिएकोमा बाजुरामा सबै भन्दा कम बजेट बिनियोजन गरिएको पाईएको छ । सिँचाइ कुलो, पोखरी, कुलो मर्मत र लिफ्ट सिँचाइ योजनाको नाममा अधिकांश योजनामा पाँच लाखका दरले बजेट विनियोजन गरिएको छ ।

बजेट ल्याउनु अघि टुक्रे तथा व्यक्ति विशेषका योजनामा बजेट नहाल्ने दाबी गरेको सुदूरपश्चिम सरकारले सिँचाइ कुलो र पोखरी निर्माणको नाममा बजेट छर्ने काम गरेको छ । बजेट निर्माण पूर्व २५ लाखभन्दा कम रकम भएका योजना नल्याउने घोषणा गरेको सुदूरपश्चिम सरकारले बजेटमा भने सबैभन्दा बढी पाँच र १० लाख रकमका योजना समेटेको देखीन्छ ।

कृषि ज्ञान केन्द्रहरूले कार्यान्वयन गर्ने सिँचाइ कुलो र पोखरीमा सुदूरपश्चिम सरकारले २० करोड ४५ लाख बजेट विनियोजन गरेको छ। प्रदेशका ९ जिल्लामा ३४९ सिँचाइ कुलो, पोखरी र लिफ्ट सिँचाइ तथा सिँचाइ कुलो मर्मतमा सरकारले २० करोड ४५ लाख बजेट विनियोजन गरेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले सिँचाइका योजनामा सबैभन्दा बढी बजेट कञ्चनपुरका लागि विनियोजन गरेको छ।

चर्चामा

सम्बन्धित समाचार