• होमपेज
  • बडिमालिका
  • प्रदेश सरकारको बित्तिय हस्तान्तरण अन्तरगत बाजुरामा बन्ने योजनाहरु यस्ता छन

प्रदेश सरकारको बित्तिय हस्तान्तरण अन्तरगत बाजुरामा बन्ने योजनाहरु यस्ता छन

  • आइतवार, अशोज ६, २०८१
प्रदेश सरकारको  बित्तिय हस्तान्तरण अन्तरगत बाजुरामा बन्ने योजनाहरु यस्ता छन

बाजुरा– स्थानिय तह बित्तिय हस्तान्तरण कार्यक्रम अन्तर्गत आर्थिक मामिला मन्त्रतालय सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत बाजुरामा वडा कार्यालय भवन देखी बिध्यालय र सडकमा बजेट विनियाेजन गरिएकाे छ । स्थानिय तह बित्तिय हस्तान्तरण समपुरक अनुदान अन्तरगत बाजुराको त्रिबेणी नगरपालिकामा वडा न २, ६ र ७ का वडा कार्यालय भवन निमार्ण हुने भएका छ्न् ।

बडिमालिका नगरपालिकामा वडा न १,४,७,८ र ९ नम्मर वडा कार्यालय, मेलकाध रजाली सडक, मार्तडी बुढाकोर्ध क्रमागत सडक आयोजना रहेका छन् । त्यसै गरि बुढिगंगा नगरपालिकामा बुढिगंगा डम्पीङसाईड र ब्रम्तोला खेलकुद मैदानका लागि बजेड बिनियोजन गरिएको छ । त्यस्तै बुढिनन्दा नगरपालिकामा बुढिनन्दा क्यामप्स देखी बिमान्स्थल सडक र पोरखे कालाजग्रा पदमार्ग निमाणर्का लागि बजेट छुट्याईएको छ ।
गौमुल गाउँपालिकामा अम्लिस माबि, देवस्थली आधारभुत बिध्यालय भवन निमाणर् र आगर देखी वडा न २ जोड्ने सडक निर्माण रहेका छन । खप्तड छेडेदेह गाउँपालिकामा नाईना बस्ति स्थानान्तरण, वाड न ७ को वडा कार्यालय भवन निर्माण र पालिकामा राष्ट्रिय प्रशारण लाईन बिधुत बिस्तार कार्यक्रम रहेका छन् ।

त्यसै गरि जगन्नाथ गाउँपालिकामा कालढाँट काप्री सिचाई कुलो निर्माण रहेको छ । स्वामिकार्तिक खापर गाउँपालिकामा रघुमाता माबि,मण्डाली आधारभुत बिध्यालय निर्माण र क्रमागत अन्तरगत स्वामिकार्तिका माबिको भवन रहेको छ । हिमाली गाउँपालिकामा ७ वटा वडा कार्यालय भवन निर्माण, क्युडी स्वास्थ्य चौकी भवन निर्माण, फैती ठाटी देखी लेख बोर्ता हुदै ग्याम्चु कुशुडाडा हुदैँ रुगिन सम्म कृषि सडक निर्माणका लागि बजे बिनियोजन गरिएको छ ।

No description available.

स्थानिय तह बित्तिय हस्तान्तरण बिषेश अनुदान

आर्थिक मामिला मन्त्रतालय सदुर पश्चिम प्रदेश सरकारको स्थानिय तह बित्तिय हस्तान्तरण बिषेश अनुदान अन्तरगत त्रिबेणी नगरपालिकामा सामुदायिक नगर पुस्तकालय भवन निर्माण, महिला बिपन्न आयआर्जनका लागि सिपबिकास तथा रोजगारी श्रृजना कार्यक्रम रहेका छन । त्यसै गरि बडिमालिका नगरपालिकामा लैगिकं हिंसा तथा मनोसामाजिक परमर्श कार्यक्रम र चोयाकोट माबि उल्लेख गरिएको छ ।
त्यस्तै बुढिगंगा नगरपालिकामा मनोसामाजिक परामर्श, लागु औषध दुब्र्यसन नियान्त्रण, कानुनी सचेतना र सामाजिक सचेतना अभिबृद्धि कार्यक्रम रहेका छन् ।

बुढिनन्दा नगरपालिकामा मदन आश्रित बिध्यालय भवन निर्माण र कालागाड पाण्डुशैन सिचाई योजनामा बजेट बिनियोजन गरिएको छ । गौमुल गाउँपालिकामा खाध्य सुरक्षा कार्यक्रम मात्रै रहको छ भने जगन्न्नाथ गाउँपालिकामा पनि एक मात्रै सरस्वती माबिको फिल्ड तथा प्याराफिड निर्माण कार्यक्रम रहेको छ ।

त्यसै गरि खप्तड छेडेदह गाउँपालिकामा मस्टेश्वरी माबि खेल मैदान र ठेला उचाल्ने देखी माटेसाघुँ खानेपानी निर्माण योजना रहेको छ । स्वामिकार्तिक खापर गाउँपालिकामा आमाको पहिलो कार्यक्रमका लागि खाध्य तथा कोशेली घर निर्माण र आमा समुहका लागि जिविकोपार्जन पोषण कार्यक्रम रहेको पाईएको छ । त्यसै गरि हिमाली गाउँपालिकामा साघुँचौर बिधुत संरचना पहिरो नियान्त्रण तथा मुहान तटबन्धन योजना र पोषणयुक्त वडा कार्यन्वयन कार्यक्रम रहेको पाईएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार