• होमपेज
  • समाचार
  • सुदूरपश्चिममा सांसद बिष्टले बोलेको ‘चोर’ शब्द संसद्को रेकर्डबाट हटाउन माग

सुदूरपश्चिममा सांसद बिष्टले बोलेको ‘चोर’ शब्द संसद्को रेकर्डबाट हटाउन माग

  • शनिबार, अशोज ५, २०८१
सुदूरपश्चिममा सांसद बिष्टले बोलेको ‘चोर’ शब्द संसद्को रेकर्डबाट हटाउन माग

धनगढी— सुदूरपश्चिम प्रदेश सरकारकाे आजकाे बैठकमा बजेटमाथिको छलफलका क्रममा राप्रपा सांसद खेमा बिष्टले बोलेको चोर शब्द रेकर्डबाट हटाउन एमालेले माग गरेको छ । प्रदेश सरकारले भदाै ३१ गते ल्याएकाे बजेट माथिको छलफलमा भाग लिदै सांसद बिष्टले सरकार र अहिलेका जनप्रतिनिधि भनेका “चोर रैछन् भन्ने पनि भनिरहेका छन्” भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

सो अभिव्यक्ति प्रति नियमापत्ति जनाउदै एमाले प्रदेश सांसद धर्मराज पाठकले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरे । उनले सांसदहरुलाई बोल्दा संसदीय मर्यादा गरिमा कायम गर्न पनि आग्रह गरेका छन् ।

सांसद बिष्टले बोलेको शब्द संसदीय नियमावली भन्दा विपरित भएकाले सो शब्द रेकर्डबाट हटाउन माग गरेका हुन् । यस बिषयमा सभामुख भीम बहादुर भण्डारीले शब्दमाथि छानविन गर्ने र आवश्यक परे रेकर्डबाट हटाउने जानकारी गराए ।

चर्चामा

सम्बन्धित समाचार