• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा संविधान दिवस बिबिध कार्यक्रम गरि मनाइयाे

बाजुरामा संविधान दिवस बिबिध कार्यक्रम गरि मनाइयाे

अस्पतालका विरामीलाई फलफुल वितरण

  • बिहिबार, अशोज ३, २०८१
बाजुरामा संविधान दिवस बिबिध कार्यक्रम गरि मनाइयाे

बाजुरा–  संविधान दिववकाे अवसरमा प्रभातफेरी कार्यक्रम लगायत बिबिध कार्यक्रम गरि मनाइएकाे छ । जिल्ला समन्वय समिति बाजुराकाे आयाेजनामा बिबिध कार्यक्रमकाे आयाेजना गरि मनाएकाे हाे । संविधान जारी भएको ९ वर्ष पुरा गरी १० औं वर्ष प्रवेशको अवसरमा जिल्ला समन्वय समिति बाजुराले भव्यताका साथ दिवस मनाएको छ ।

प्रभावत फेरी कार्यक्रममा जिल्ला समन्वय प्रमुख तुलसीराम राेकायाकाे संयाेजकत्वमा संचालन भएकाे थियाे । साे कार्यक्रमा जनप्रतनिधी, जिल्लामा कृयाशिल राजनितीक दलका प्रमुख तथा प्रतिनीधी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनधी, नेपाली सेना,नेपाल प्रहरी, ससस्त्र प्रहरी वल नागरिक समाज पत्रकार शिक्षक बिध्यार्थी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

त्यसै गरि संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारार्थ रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मुल आयोजक समिति तथा जिल्ला समन्वय समिति बाजुराको अगुवाईमा फलफुल वितरण गरिएको हो ।   विरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै ३० बढी विरामीलाई फलफुल वितरण गरिएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताएका छन् ।

दिवसको अवसरमा प्रभातफेरीसंगै विरामीहरुको उपचारको अवस्था र उनीहरुको अवस्था बुझ्दै विरामीहरुलाई फलफुल वितरण गरिएको जिल्ला समन्वय समिति बाजुराका निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताएका छन् ।
फलफुल वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका उप प्रमुख नन्दा कुमारी थापा,सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल,नेकपा एमाले बाजुराका सचिव काँशी वि.क.,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य देवबहादुर रोकाया,नेकपा समाजवादीका पार्टीका उप सचिव दीर्घराज पाध्याय लगायत जनप्रतिनिधी,सुरक्षाकर्मी,कर्मचरी लगायत सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार