• होमपेज
  • बडिमालिका
  • मार्तडी बजारमा अनन्ते मेला अवधिभर मदिरा बिक्री बितरणमा रोक

मार्तडी बजारमा अनन्ते मेला अवधिभर मदिरा बिक्री बितरणमा रोक

  • सोमवार, भदौ ३१, २०८१
मार्तडी बजारमा अनन्ते मेला अवधिभर मदिरा बिक्री बितरणमा रोक

बाजुरा–  सदरमुकाम मार्तडीमा संचालन हुने अनन्ते मेलाको अवसरमा मदिरा बिक्री बितरणमा रोक लगाईने भएको छ । असाेज २ गते देखी ४ गते सम्म संचालन हुने मेलालाई ब्यव्स्थापन गर्न सो निणर्य गरिएको हो । बडिमालिका नगरपालिकामा आज बसकेको सर्बपक्षिय बैठकले मेला ब्यवस्थापन गर्न मदिरा बिक्री बितरण निणर्य गरेको बडिमालिका नगरपालिकाका उप प्रमुख नन्दा थापाले बताएकी छन ।
अनन्ते मेला अवधिभर मदिरा बिक्रि गर्नेलाइ ५ हजार र सेवन गर्नेलाई ३ हजार जरिवाना गरिने सर्बपक्षिय बैठकले निणर्य गरेको छ । बडीमालिका नगरपालिकावडा न. ८ को वडा कार्यालयले अनन्ते मेलालाई व्यवस्थित बनाउन मदिरा बिक्रि गर्नेलाई जनही पाँच हजार र सेवन गर्नेलाई ३ हजार जरिवाना गर्ने निणर्य गरेको बडिमालिका वडा न ८ का वडा अध्यक्ष चन्द बहादुर थापाले बताएका छन ।

बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापाको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले वडा ८ का वडाअध्यक्ष चन्द बहादुर थापाको संयोजकत्वमा ११ सदस्यि मेला ब्यवस्थापन समिति गठन गरेको बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशीले बताएका छन । समितिमा संयोजक वडा ८ का वडा अध्यक्ष चन्द बहादुर थापा, उपसंयोजक वडा न ९ का वडा अध्यक्ष सुर्यकिरण विक, सदस्यहरुमा जनक थापा, दुर्गा थापा, अमर थापा, कणर् रावल, लाल बहादुर विक, वडा सदस्य दल बहादुर ऐडी, अगं रावल, निता कुमारी बडुवाल र सदस्य सचिवको रुपमा वडा न ८ का सचिव गोरख बहादुर रावल रहेका छन । हरेक बर्षको भाद्र शुक्ल पूर्णिमाका  दिन देखी लाग्ने  अनन्ते मेला याे बर्ष असोज २ गते देखी सुरु हुने भएकाे छ ।

यदि कोही कसैले वडा कार्यालयले गरेको निणर्य उल्लंघन गरेको खण्डमा अनन्ते मेला व्यवस्थापन समितको सक्रियतामा स्थानीय तह र जिल्लान प्रशासन कार्यालयको सहकार्यमा कारवाही गरी जरिवाना गरिने अध्यक्ष थापाले बताएका छन् । असोज २ गते देखी लाग्ने अनन्ते मेलालाई मर्यादित ढङ्गले सभ्य अनि भव्यताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्न बडिमालिका नगरपालिका र वडा न ८ र ९ ले सबैलाई आग्रह गरेको छ । बाजुरा जिल्लाको परम्परागत संस्कृतिको रुपमा रहेको अनन्ते मेला हरेक बर्षको भाद्र शुक्ल पूर्णिमाका  दिन लाग्ने गरेकोमा यस बर्षपनिअसोज २ गते देखी ४ गते सम्म मेला लाग्ने भएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार