• होमपेज
  • समाज
  • दार्चुलामा ८ जुवाडे पक्राउ

दार्चुलामा ८ जुवाडे पक्राउ

  • सोमवार, भदौ ३१, २०८१
दार्चुलामा ८ जुवाडे पक्राउ

दार्चुला– दार्चुलामा ८ जुवाडे पक्राउ परेका छन्। जिल्लाको महाकाली नगरपालिका–४ खंलगा विद्यानगर बस्ने ५७ वर्षीय गोबिन्द धानुकको घरको माथिल्लो तल्लामा लुकीछिपी जुवातास खेलिरहेको अवस्थामा आइतवार ८ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा घरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा धानुक (घर धनी)सहित ८ जनालाई नगद ९३ हजार २२० र १ गड्डी ताससहित नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार