शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाचार
  • मेटमणी चाैधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

मेटमणी चाैधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

  • शुक्रबार, भदौ २८, २०८१
मेटमणी चाैधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणी चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको छ । एक टेलिभिजन अन्तर्वार्तामा मेटमणीले लिपुलेक– लिम्पियाधुरामा भारतको दाबी पुग्छ भनेपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो । तीन दिनभित्र चौधरीलाई लिखित जवाफ दिन पार्टीले भनेको छ ।

‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपाललको हो भन्ने कुरा स्पष्ट पारेको छ । हाम्रो पार्टीको समेत दाबीको आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वाविदित नै छ । त्यसको विपरीत मुलुकको अखण्डता र सार्वभौमिकताका विरुद्ध किन बोल्नुभएको ?’ मेटमणीको नाममा काटिएको स्पष्टिकरण पत्रमा उल्लेख छ ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार