• होमपेज
  • सुचना प्रबिधी
  • एप्पलले बन्द गर्‍यो आइफोन १३ सिरिज र १५ प्रो, अब कुन मोडेल किन्ने ?

एप्पलले बन्द गर्‍यो आइफोन १३ सिरिज र १५ प्रो, अब कुन मोडेल किन्ने ?

  • बिहिबार, भदौ २७, २०८१
एप्पलले बन्द गर्‍यो आइफोन १३ सिरिज र १५ प्रो, अब कुन मोडेल किन्ने ?

एप्पलले सोमबारको आफ्नो बहुप्रतिक्षित आइफोन १६ सिरिजको लञ्च गरेसँगै आफ्ना दुई पुराना आइफोन मोडेलको अन्त्य गरेको छ । योसँगै अब एप्पलले आइफोन १३ र आइफोन १५ का प्रो मोडेलहरु बिक्री गर्नेछैन । यसको अर्थ अब तपाईंले एप्पल स्टोरहरुबाट आइफोन किन्न चाहनुहुन्छ भने केवल आइफोन १४, १४ प्लस आइफोन १५, १५ प्लस, आइफोन एसइ तथा आइफोन १६ सिरिजका फोनमात्रै विकल्पको रुपमा रहनेछन् ।

तपाईंले आइफोन १३ तथा आइफोन १५ प्रो र १५ प्रो म्याक्स एप्पलले आधिकारिक रुपमा बिक्री गर्नेछैन । वास्तवमा एप्पलले आइफोन १५ प्रो र प्रो म्याक्सको आधिकारिक बिक्री बन्द गर्नु हटाउनु आश्चर्यजनक कुरा होइन । किनकि उसले गतवर्ष आइफोन १५ सिरिज लञ्च गर्दा पनि आइफोन १४ का प्रो मोडेलहरू हटाएको थियो । हरेक वर्ष पुरानो प्रो मोडेलहरू हटाएर एप्पलले नयाँ प्रो मोडेल खरिद गर्न प्रोत्साहित गर्ने प्रयास गरिरहेको हुन्छ । यस वर्ष पनि एप्पलले त्यहीँ गरेको छ ।

तर, आइफोन १३ सिरिजको अन्त्य एप्पलको समग्र फोन लाइनअपको लागि एक महत्वपूर्ण चरण हो। आइफोन १३ संस्करण आइफोनको अन्तिम मोडेल थियो जसमा केवल फिजिकल सिमकार्ड थियो। आइफोन १४ र त्यसपछि आएका मोडेलहरू इ सिमकार्ड भएको फोनहरू हुन् ।

त्यसैगरी आइफोन १३ सिरिज एप्पलको सानो संस्करण, ‘मिनी’ मोडेल उपलब्ध रहेको संस्करण पनि थियो । ठूला फोनहरूको विकल्पको रूपमा डिजाइन गरिएको, आइफोन १३ मिनीमा ५.४ इन्चको सानो स्क्रिन थियो जुन सानो साइजका फोन मन पराउने तथा कम मूल्यमा आइफोन किन्न चाहने व्यक्तिहरूका लागि उपयुक्त थियो । अब, एप्पलको एक मात्र सानो स्क्रीन भएको विकल्प आइफोन एस इ हो, जसको डिस्प्ले ४.७ इन्च छ।

एप्पलले आइफोन १३, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स हटाएसँगै एप्पलको आधारिकारिक स्टोरबाट आइफोन किन्न चाहनेहरु अन्योलमा पर्न सक्छन् । यदि तपाईंले सिधै एप्पलको आधिकारिक च्यानलबाटै आइफोन किन्न चाहनुहुन्छ अनि सानो आकार तथा कम मूल्यको आइफोन चाहनुहुन्छ भने आइफोन एस इ राम्रो विकल्पको रुपमा रहेको छ ।

तर, आइफोन एसइको हालको तेस्रो पुस्ताको मोडेल सन् २०२२ मा सुरू गरिएको थियो र एप्पलले चौथो पुस्ताको संस्करण अर्को वर्ष मात्रै सार्वजनिक गर्न सक्छ। त्यसैले यसमा नयाँ मोडेलका लागि प्रयोगकर्ताले अझै एक वर्ष पर्खनु पर्नेछ ।

तर, यदि तपाईंले प्रो मोडेल बाहेकको पुरानो प्रिमियम आइफोन चलाउन चाहनुहुन्छ भने आइफोन १४, आइफोन १४ प्लस, आइपोन १५ र आइफोन १५ प्लस उपयुक्त विकल्प हुनसक्छन् । तर, यदि तपाईंसँग पर्याप्त बजेट छ र नयाँ सुविधा र आकर्षणको अनुभव गर्न चाहनुहुन्छ भने चाहिं आइफोन १६ सिरिज सर्वोत्तम विकल्प हो । किनकि यसमा आइफोन १६ सिरिजमा मात्रै एप्पल इन्टेलिजेन्स नामक एआइ फिचर रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार