• होमपेज
  • समाज
  • विश्व आत्महत्या रोकथाम दिवस, बाजुरामा पनि मनाइयाे

विश्व आत्महत्या रोकथाम दिवस, बाजुरामा पनि मनाइयाे

  • बुधबार, भदौ २६, २०८१
विश्व आत्महत्या रोकथाम दिवस, बाजुरामा पनि मनाइयाे

बाजुरा–  विश्व आत्महत्या रोकथाम दिवसको अवसमा बाजुरामा क्रिृयाशिल संघसस्थाहरुले पनि बिभिन्न कार्यक्रम गरि मनाएका छन । सोही अवसरमा जिल्लामा रहेका गैरसरकारी सस्थाहरुले बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापालाई ज्ञापन पत्र बुझाएका छन । टिपिओ नोपल,निड्स नेपाल, सिडीसी नेपाल, गैर सरकारी संस्था महासघ र नेपाल पत्रकार महासघका प्रतिनिधीले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बडिमालिका नगरपालिका उप प्रमुखलाई ज्ञापन पत्र बुझाएको टिपीओ नेपालका प्रतिनधी दिनेश भट्टराईले बताए । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ दिवसको अवसरमा बिभिन्न बिध्यालय र स्थानिय तहमा बिबिध कार्यक्रम गरिएको उनले बताए ।

No description available.
आफूले आफैँलाई हानी गरेर ज्यान गुमाउनु आत्महत्या हो। विश्वमै आत्महत्या एउटा पब्लिक हेल्थको ठूलो समस्या हो जसले भावनात्मक, सामाजिक र आर्थिक बज्रपात निम्ताई परिवार, नजिकका ईस्टमित्र, साथीभाई, समाज र समस्त राज्यलाई समेत असर पारीरहेको हुन्छ। समाजमा मानसिक स्वास्थ्यलाई फरक दृष्टिकोणले हेरीनु, मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न नसक्ने, समयमै पहुँचमा आउन नसक्नु जस्ता विभिन्न कारणले गर्दा मानसिक स्वास्थ अझ जटिल भएको हुन्छ। हरेक आत्महत्या मानसिक स्वास्थसँग जोडिएको हुन्छन् र बेलैमा यसको पहिचान गर्न सकियो भने अकालमा हुने मृत्युवरणलाई कम गर्न सकिन्छ।
विश्व अकालमा हुने मृत्युलाई कम गर्न संघर्षशिल भइरहेको छ। आत्महत्या यस्तो अकालमा हुने मृत्यु हो जुन कम खर्च या कसैसँग बोलेर मात्र पनि आत्महत्याका लागि निरुत्साहित बनाउँछ र जीवन जिउने आशा जगाइरहेको हुन्छ। विश्वभरिमा वार्षिक ७ लाख मानिसहरुको आत्महत्याको कारणले मृत्यृ हुन्छ भने विश्वमा हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्याको कारणले ज्यान गुमाउने गरेका छन्। आत्महत्याको तथ्यांक हेर्दा विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु न्यून तथा मध्यम आय भएका मुलुकहरुमा हुने गरेका छन्। आत्महत्याका अधिकाम्स घटनाहरु मानसिक स्वास्थसँग सम्बन्धित हुन्छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै ७२२३ जना व्यक्तिहरूको ज्यान आत्महत्याको कारणले गएको छ।
यसरी नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याको कारण मृत्यु हुन्छ। कुनै एक मानिसको आत्महत्याले कम्तीमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुन्छ र प्रत्येक आत्महत्याको पछाडि २०-२५ पटकको असफल प्रयासहरु रहेका हुन्छन, कम्तिमा पनि हामीले आत्महत्याको सोच, व्यवहार, जोखिम वा असफल प्रयासलाई समयमा नै पहिचान गर्न सक्यौ भने मात्र आत्महत्याको दरमा कमि ल्याउन सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार