• होमपेज
  • समाज
  • भाइले कोदालो प्रहार गरी दाजुको हत्या गरे

भाइले कोदालो प्रहार गरी दाजुको हत्या गरे

  • मङ्लबार, भदौ २५, २०८१
भाइले कोदालो प्रहार गरी दाजुको हत्या गरे

डोटी–  डोटीमा भाइले कोदालो प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन्। जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ का ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाजु गणेशबहादुर जोराको हत्या गरेको डीएसपी भिमलाल भट्टराइले बताए।
नरबहादुरलाई प्रहरील सोमवार नै नियन्त्रणमा लिइसकेको छ। सोमवार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाजु गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेका थिए।

घरायसी विवादपछि झगडा हुँदा भाइले कोदालो प्रहार गरेको र दाजुको घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी भट्टराईले बताए। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार