• होमपेज
  • शिक्षा
  • बाजुरामा कक्षा १२ को मौका परीक्षामा ८ सय बढी विद्यार्थी सहभागी हुदैँ, ३ वटा परीक्षा केन्द्र तोकिए

बाजुरामा कक्षा १२ को मौका परीक्षामा ८ सय बढी विद्यार्थी सहभागी हुदैँ, ३ वटा परीक्षा केन्द्र तोकिए

  • आइतवार, भदौ २३, २०८१
बाजुरामा कक्षा १२ को मौका परीक्षामा ८ सय बढी विद्यार्थी सहभागी हुदैँ,  ३ वटा परीक्षा केन्द्र तोकिए

टेक बहादुर बुढा/ बाजुरा– बाजुरामा कक्षा १२ को मौका (पुरक) परीक्षामा यस बर्ष ८ सय बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । भदौ २५ र २६ गते सञ्चालन हुने मौका परीक्षामा जिल्लाबाट ८ सय ६० जना सहभागी हुने भएका हुन् ।
जिल्लाका २७ वटा माध्यमिक विद्यालयबाट सो संख्यामा विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।
त्यस्तै यस बर्ष कक्षा १२ को मौका परीक्षा जिल्लामा पहिलो पटक दुई क्षेत्रमा सञ्चालन हुदैँ छ ।

शिक्षा ईकाइ प्रमुअ हर्कबहादुर सिंहका अनुसार जिल्लाको पूर्वीउत्तरी भेग कोल्टी र सदरमुकाम मार्तडीमा परीक्षा सञ्चालन गर्ने गरी दुवै स्थानमा परीक्षा केन्द्रहरु तोकिएका छन् । उनका अनुसार परीक्षा केन्द्र १ जनप्रकाश माविमा १० वटा विद्यालयबाट ३ सय १६ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।

त्यसै गरी जिल्लाको तल्लो भेगका लागि सदरमुकाम मार्तडीमा परीक्षा केन्द्र २ मालिका मावि (क) र ३ मालिका मावि (ख) तोकिएको छ । मालिका मावि (क) मा १० वटा विद्यालयबाट ३ सय ७९ र मालिका मावि (ख) मा ७ वटा विद्यालयबाट १ सय ६५ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुदैँ छन् ।
२०८१ बैशाख १४ गतेबाट सञ्चालन भएको कक्षा १२ को बार्षिक परीक्षाको नतिजा साउन १८ गते प्रकाशित गरेको थियो । प्रकाशित नतिजा अनुसार देशभर १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ती मध्ये दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको छ । एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्ग्रेडिङ विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था छ ।

जम्मा संख्या ८ सय हुनुपर्नेमा १५ सय भएकाेमा सच्याइएकाे छ । सम्पादक

No description available.

No description available.

No description available.

 

चर्चामा

सम्बन्धित समाचार