• होमपेज
  • समाचार
  • पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

  • शनिबार, भदौ २२, २०८१
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । आज बिहान साढे ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।

सडक विभागले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो । सडक सञ्चालनमा आएसँगै जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

चर्चामा

सम्बन्धित समाचार