• होमपेज
  • बाजुरा बिशेष
  • स्वामिकार्तिकको स्याउ ढुवानी हुदै, जगन्नाथ र बुढीनन्दामा पाकेर बारीमै कुहिन थाल्यो

स्वामिकार्तिकको स्याउ ढुवानी हुदै, जगन्नाथ र बुढीनन्दामा पाकेर बारीमै कुहिन थाल्यो

  • मङ्लबार, भदौ १८, २०८१
स्वामिकार्तिकको स्याउ ढुवानी हुदै, जगन्नाथ र बुढीनन्दामा पाकेर बारीमै कुहिन थाल्यो

टेक बहादुर बुढा/ बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको स्याउ ढुवानी हुन थालेकोे छ । गाउँपालिकामा उत्पादित पाकेको ७० टन स्याउ कर्णाली करिडोर हुदै बिक्रीका लागि सुर्खेत र नेपालगञ्ज ढुवानी भएको हो ।
गाउँपालिकाको कृषि विकास शाखा प्रमुख विनोद शाहीका अनुसार स्याउ ढुवानीका लागि अनुदान नहुँदा पालिकाले काटुन सहयोग गरेर केहि स्याउ ढुवानी भएको छ ।
स्वामिकार्तिकको स्याउ ढुवानी हुन थालेपनि स्याउ उत्पादनको पकेट क्षेत्र बुढीनन्दा र जगन्नाथमा फलेको स्याउ भने पाकेर बारीमै झर्न थालेको कृषकहरुले बताएका छन् । जगन्नाथ गाउँपालिका भने ढुवानीका लागि संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला मध्ये सबैभन्दा बढी स्याउ उत्पादनको पकेट क्षेत्र मानिएको बाजुरामा हरेक बर्ष सडक अवरुद्धले स्याउ ढुवानीमा समस्या हुदै आएको छ । बारीमा लटरम्म स्याउ पाक्ने लागेपनि सबै ठाउँ सडक अवरुद्ध भएपछि पाकेर बारीमै कुहिन थालेको बुढीनन्दाका कृषकहरुले गुनासो गरेका छन् ।
कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी सुरेश बोहराले स्वामिकार्तिकको स्याउ कणर्ाली करिडोरबाट ढुवानी भएपनि बुढीनन्दामा दुवैतिर सडक अवरुद्ध हुँदा ढुवानी हुन नसकेको बताएका छन् । सडक अवरुद्ध र प्रदेशबाट बजेट नआउँदा स्याउ ढुवानीमा समस्या भएको भन्दै बजेट आए लगत्तै अनुदानमा स्याउ विभिन्न सहरमा ढुवानी हुने सूचना अधिकारी बोहराले बताए ।
कणर्ाली करिडोर र मार्तडी कोल्टी सडक महिनौदेखि अवरुद्ध हुँदा केहि स्याउ बारीमै कुहिन थालेको छ भने बुढीनन्दाका अधिकांश कृषकहरुले बोकेरै सदरमुकाम मार्तडीमा बिक्रीका लागि ल्याउने गरेका छन् । बुढीनन्दाबाट कणाली करिडोर जान दानसाघु र धुलाचौरका खोलामा पानीको बहाव अत्याधिक हुँदा अवरुद्ध र मार्तडी कोल्टी महिनौदेखि अवरुद्ध हुँदा स्याउ कृषकहरुलाई ढुवानीमा निकै समस्या भएको छ । बारीमा लटरम्म स्याउ पाकेपनि बजारसम्म पुगाउन तत्काल अवरुद्ध सडकखण्ड खुलाउन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
बाजुराको बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकाको करिब एक सय ७५ हेक्टर क्षेत्रफलमा बार्षिक ११ सय ३७ क्विन्टल स्याउ उत्पादन हुदैँ आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लाका सबै पालिकामा स्याउ खेति हुने भएपनि अहिलेसम्म ती चार पालिकामा मात्रै व्यवसायिक रुपमा स्याउ खेति गरिदै छ ।
बाजुराको स्याउको स्थानीय तह तथा कृषि ज्ञान केन्द्रको समन्वयमा जिल्ला भित्र सहित धनगढी, नेपालगंज महेन्द्रनगर लगायतका ठाउँमा निर्यात हुदैँ आएको छ ।

चर्चामा

सम्बन्धित समाचार