• होमपेज
  • धार्मिक
  • आज २०८१ साल भदौ १८ गते मंगलबारको राशिफल

आज २०८१ साल भदौ १८ गते मंगलबारको राशिफल

  • मङ्लबार, भदौ १८, २०८१
आज २०८१ साल भदौ १८ गते मंगलबारको राशिफल

आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प्रतिपदा तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : शेयर कारोबारमा फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। परिवारका सादस्यसँगै बसेर मिठो खाने अवसर मिल्नेछ। लगानी भए प्राविधिक क्षेत्रमा नाफा हुनेछ। बाहिरी रमझमले तपाईंको मन आकर्षित हुनेछ।

वृष : तपाईंको बोलीको चर्चा हुनेछ। समाज, समूह र राजनीतिक संगठनमा हुने वैचारिक चर्चाले मन हलुका हुनेछ। वैदेशिक रोजगारीमा भन्दा स्वदेशको श्रमबाट नाफा हुनेछ। लगानीका अवसर आए हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षा र स्वास्थ्यमा लाभ मिल्नेछ।

मिथुन : महत्त्वपूर्ण निर्णयका लागि अर्को व्यक्तिलाई कुर्नुपर्ने भएकाले अप्ठेरोमा दिन बित्नेछ। सञ्चित धन खर्च हुनेछ। तपाईंको शैली देखेर परिवारमा खटपटी बढ्नेछ। अप्ठेरो परिस्थितिमा दाजुभाइ र बन्धुको सहयोग प्राप्त हुनेछ।

कर्कट : न्याय पूर्वक आर्जन गरेको इज्जत र प्रतिष्ठानमा धावा बोल्नेहरु सक्रिय रहेका छन्। धन कमाउने स्रोत पत्ता लाग्ने दिन छ। न्यायको क्षेत्रमा तपाईंको झुकाब रहनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : आज धेरैले तपाईंको आशा र भरोसा गरेका छन्। तपाईंले बोलिदिनुभयो भने मात्र सहयोग र शिक्षा दुवै प्राप्त हुनेछ। धैर्य गरेमा आँटेका काम बन्नेछन्। मन बढी चञ्चल रहेकाले निर्णय क्षमता कमजोर हुनसक्छ। परिवारसँगको विवादमा आफू हारेर परिवारका सदस्यलाई जितको अनुभूति दिलाउनुपर्ने देखिन्छ।

कन्या : नसोचेको खर्च बढ्नेछ। आफ्नै होला भनेका मान्छेबाट धोका हुनेछ। संकटमा तपाईंको पक्षमा न्याय मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : लगानी गर्दा विवेक प्रयोग गरेमा तपाईंको उचाई बढ्नेछ। आम्दानीका स्रोत पत्ता लाग्नेछन्। परोपकारी संघ र संस्थाले सम्मान गर्नेछन्। शुभ ग्रहको बहुमत भएकाले लगानीको क्षेत्रमा हिम्मत गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : साना कुराले झन्झट आइपर्ने योग छ। दैनिक काममा भन्दा ठुलो उद्योग र व्यापारमा अगाडि बढ्नु राम्रो हुनेछ। राज्यका हरेक ठाउँबाट सेवाको अवसर पत्ता लाग्नेछन्। परिवारले रचनात्मक साथ र सहयोग गर्ने दिन छ।

धनु : मन अशान्त हुँदा हरेक ठाउँको व्यवस्थापन असहज बन्नेछ। शिक्षा नै धन हो भनेर बुझ्ने अवसर मिल्नेछ। अन्तरक्रियामा भाग लिने अवसरले मन शान्त हुनेछ। परिवारको सकारात्मक साथ र सहयोग मिल्नेछ।

मकर : आज गर्ने कार्य योजना सहज छन्। सांगठानिक एकताले मनमा उत्साह थपिनेछ। बन्धुले अप्ठेरो परिस्थितिमा साथ दिनेछन्। अनुत्पादक क्षेत्रमा लगानी गर्नाले मन दुःखी हुनेछ। परिवारमा भने सम्बन्ध सुमधुर र सहज बन्नेछ।

कुम्भ : धेरै रिस उठ्ने देखिन्छ। सानो कुराले मन लामो समयसम्म अशान्त बन्नेछ। अध्यात्मको अनुशरण गरेमा दिन शान्त बन्नेछ। लगानीको क्षेत्रमा मन शान्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : स्वास्थ्यमा देखिने समस्याले सताउने छ। खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। आफ्ना दैनिकी शान्त र सहज छछन्। लगानीका क्षेत्रमध्ये पविधिक र बौद्धिक क्षेत्रले उत्साहित बनाउने छ। बौद्धिक व्यक्तिसँगको परामर्शले फाइदा हुनेछ।

चर्चामा

सम्बन्धित समाचार