• होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्यले उपभोक्ता समितिमा बस्न नपाउने

नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्यले उपभोक्ता समितिमा बस्न नपाउने

  • सोमवार, भदौ १७, २०८१
नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्यले उपभोक्ता समितिमा बस्न नपाउने

बाजुरा–  नेकपा एमाले जिल्ला कमिटी बाजुराका सदस्यहरुले उपभाेक्ता समितिमा बस्न नपाउने भएका छन । नेकपा एमाले बाजुराकाे हालै सम्पन्न बैठकले साे निर्णय गरेकाे हाे । नेकपा एमाले पार्टी जिल्ला कमिटीका  ६९  जना सदस्य कसैले पनि उपभोक्ता समितिमा बस्न नपाउने निर्णय समेत गरिएकाे नेकपा एमाले बाजुराले जनाएकाे छ ।

नेकपा एमाले बाजुराले जिल्लाको विकास निर्माणसँग जोडिएर सुशासन अभियान सञ्चालन गर्ने  जनाएकाे छ । निर्माण भइरहेका र निर्माण हुने योजना तथा विकासे कामको गुणस्तरको अवस्था बारे जानकारी राख्ने गरि अभियान सञ्चालन गर्न लागेको नेकपा एमाले जिल्ला कमिटी बाजुराले जनाएकाे छ । प्रत्येक वडा र टोल कमिटीमा पुगेका एमाले नेताहरुले योजनाको कामको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अध्यायन अवलोक गर्न निर्देशन जारी गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालमा रहेका योजनाको निर्माण अवस्थाको अध्यायन गरि संगठनका कामसँगै मासिक रुपमा पार्टी जिल्ला कमिटीलाई प्रतिवेदन बुझाउन सर्कुलर समेत जारी गरिसकिएको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । पार्टी जिल्ला कमिटीका  ६९  जना सदस्य कसैले पनि उपभोक्ता समितिमा बस्न नपाउने निर्णय समेत एमाले बाजुराले गरेको छ ।

उपभोक्ता समितिमा पार्टीका नेता कार्यकर्ता बस्न नपाउने प्रावधान भएपनि नियमको कार्यान्वयन हुन नसकेकाे अवस्थामा एमालेबाट त्यसकाे सुरुवात गर्ने गरि निर्णय गरिएकाे र कार्यान्वयन गर्न एमाले पार्टीका सदस्य सबैलाइ सर्कुलर गरिएकाे नेकपा एमाले जिल्ला कमिटी सचिव काशी विकले बताएका छन । नेकपा एमालेले अनिवार्य कार्यान्वयन गर्ने र नमान्ने पार्टी सदस्यलाई कारवाही गरिने सचिव  विकले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार