• होमपेज
  • अन्तर्राष्ट्रिय
  • ब्राजिलमा सामाजिक सञ्जाल एक्समा प्रतिबन्ध

ब्राजिलमा सामाजिक सञ्जाल एक्समा प्रतिबन्ध

  • शनिबार, भदौ १५, २०८१
ब्राजिलमा सामाजिक सञ्जाल एक्समा प्रतिबन्ध

ब्राजिलले समाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) माथि प्रतिबन्ध लगाएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि सरकारले एक्समाथि प्रतिबन्ध लगाएको हो ।

न्यायाधीश एलेक्स्रन्दे दे मोरासले अदालतको आदेश पालना र निर्धारण गरिएको जरिवाना नबुझाउँदासम्मका लागि एक्समाथि तत्काल पूर्ण रुपमा प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।

ब्राजिलमा एक्समाथि गत अप्रिलबाट नै कडाइ गरिन थालिएको थियो । न्यायाधीशहरूले गलत जानकारी फैलाएको आरोपमा दर्जनौँ एक्स अकाउन्टहरू बन्द गराउन सरकारलाई निर्देशन दिएका थिए ।

अदालतले गत अप्रिलमा दिएको आदेशमा प्रतिक्रिया दिँदै एक्सका मालिक एलन मस्कले भनेका थिए, वाक स्वतन्त्रता लोकतन्त्रको आधार हो । ब्राजिलका न्यायाधीश जनताबाट चुनिएका होइनन् । उनीहरूले राजनीतिक दबाबमा आएर लोकतन्त्र बर्बाद गरिरहेका छन् ।’

चर्चामा

सम्बन्धित समाचार