बाजुरा– अज्ञात समुहले गौमुल गाउँपालिकामा रहेको कुमारी बैंक ताेडफाेड गरेका छन । साे समुहले बैक लगायत घट्मुना बजारमा रहेका चार पसलमा समेत तोडफोड गरी चोरी गरेकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार राति २ बजेको समयमा बैंकको मुल ढोका तोडफोड गरेर सिसि क्यामरा जडान गरिएकाे माेनिटर लगिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
त्यस्तै साेही समयमा गाैमुलकै घटमुना बजारमा समेत पसल चोरी भएका छन् । चोरी गर्ने अज्ञात व्यक्तिको प्रहरीले खोजी कार्य सहित अनुसन्धान थालेको छ ।