• होमपेज
  • समाज
  • पहिरोले थुनियाे कुवाडी नदी, आसपासका दर्जनबढि वस्ती जोखिममा

पहिरोले थुनियाे कुवाडी नदी, आसपासका दर्जनबढि वस्ती जोखिममा

सतर्कता अपनाउन आग्रह

  • शुक्रबार, भदौ १४, २०८१
पहिरोले थुनियाे कुवाडी नदी, आसपासका दर्जनबढि वस्ती जोखिममा

बाजुरा —बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर २ रुम्दिमा लागेको पहिरोले थुनिएको बाजुरा र हुम्ला जोड्न कुवाडी खोला विस्तारै बग्न थालेको छ । शुक्रवार बिहान साढे १० बजेको समयमा रुम्दिमा लागेको सुख्खा पहिरोले कवाडी नदि थुनिएको थियो ।

पहिरोले नदिमा गहिराे डेम बनेको र त्यस माथिबाट अहिले क्रमिक रुपमा पानी बगिरहेको प्रहरीले जनाएको छ । करिब एक घण्टासम्म पहिरोले थुनिएको नदि विस्तारै माथिबाट पानी बगिरहेको स्थानीयले बताएका छन् ।

सुख्खा पहिरोले थुनिएको खोलामा विस्तारै डेम माथिबाट पानी बगिरहेकाले तत्काल खतरामुक्त रहेपनि आसपासका वस्तीहरु भने जोखिममै रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बडिमालिका खबरलाई जानकारी दिएको छ ।

सुख्खा पहिरो लागेको रुम्दि र नदि थुनिएको हिमाली गाउँपालिका ५ र छिमेकी जिल्ला हुम्लाकाे ताँजाकोट गाउँपालिका १ र २ का दर्जनौ बस्तीहरु डुवानको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रबिन्द्रसिंह कार्कीले बताए । हाल प्रहरीको टोलि पनि सम्बन्धित क्षेत्रमा खटिएको र आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ ।

त्यस्तै थुनिएको कुवाडीसँगै कर्णाली नदिमा कुनै पनि समय पानीको बहाव बढ्न सक्ने हुँदा नदि तटिय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन जिल्लाका तीनवटै गाउँपालिकाले आग्रह गरेका छन् । शुक्रबार दिउँसो हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाले छुट्टाछुटै सार्वजनिक सूचना जारी गर्दै आसपासका नागरिकहरुलाई सजग रहन अनुरोध गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार