• होमपेज
  • बाजुरा बिशेष
  • अखिल क्रान्तिकारी बाजुराको जिल्ला सम्मेलन भदाै २१ मा

अखिल क्रान्तिकारी बाजुराको जिल्ला सम्मेलन भदाै २१ मा

  • शुक्रबार, भदौ १४, २०८१
अखिल क्रान्तिकारी बाजुराको जिल्ला सम्मेलन भदाै २१ मा

बाजुरा–  नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी(अनेरास्ववियु ) बाजुराले नवौं जिल्ला सम्मेलन भाद्र २१ गते सदरमुकाम मार्तडीमा गर्ने भएको छ ।
माओवादी केन्द्रको भातृ संगठनका रुपमा रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारी बाजुराले शैक्षिक बेथिती लगायत सबै खाले भ्रष्टाचारका विरुद्ध “हाम्रो आन्दोलन सुदृढ संगठन निर्माणका लागि नवौं बाजुरा जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ भाद्र २१ मा सम्मेलन गर्ने गरी तयारी थालेको अनेरास्वियु क्रान्तिकारी जिल्ला कमिटी बाजुराले जनाएको छ ।
संगठनको विधान र केन्द्रीय सर्कुलर बमोजिम सम्मेलनको मिति जिल्ला समितिले सर्वसम्मत निर्णग गरेको अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउंदले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार अखिल क्रान्तिकारी केन्द्रीय समितिको निर्णय बमोजिम यहि भाद्र २४ देखि २५ गते सम्म सुदुरपश्चिम प्रदेश सम्मेलन,असोज २ देखि ५ गते सम्म २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएकाले त्यसको पुर्वसन्ध्यामा देशका सबै जिल्लाहरूमा जिल्ला सम्मेलन गरिसक्नुपर्ने नीति बमोजिम बाजुरामा पनि जिल्ला सम्मेलनको तयारी तिब्र पारिएको अखिल क्रान्तिकारी बाजुराका इन्चार्ज दिनेश विसीले बताएका छन् ।
जिल्ला सम्मेलनलाई भव्य बनाउने उद्देश्य सहित संगठनका केन्द्रीय सचिव गोकुल विश्कर्मा,जिल्ला इन्चार्ज दिनेश विसी,जिल्ला अध्यक्ष खेमराज साउंद सहितको टोली सम्मेलनको तयारीमा जुटेको छ । सम्मेलनमा जिल्लाभरबाट प्रतिनिधि पर्यवेक्षक तथा शुभेच्छुक गरि एक हजार जना भन्दा बढि विद्यार्थीको सहभागीता रहने अध्यक्ष साउँदले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार