• होमपेज
  • मनोरञ्जन
  • चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

  • शुक्रबार, भदौ १४, २०८१
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। ती मध्ये डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको ती मन्त्रीले जानकारी दिए ।

डिसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी हुन् । उनले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय सुरु गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार