• होमपेज
  • समाज
  • बाँकेमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २५ यात्रु घाइते

बाँकेमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २५ यात्रु घाइते

  • बिहिबार, भदौ १३, २०८१
बाँकेमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २५ यात्रु घाइते

बाँके- दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा बिहीबार दुर्घटना भएको छ।

कोहलपुर-नेपालगञ्ज सडकखण्डस्थित गनापुर नमस्ते रिसोर्ट अगाडि उक्त बस अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । अन्य २५ जना घाइते भएका छन् ।

घाइतेहरूमध्ये २१ जनाको भेरी अस्पताल नेपालगञ्जमा र पाँचजनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

चालकले पट्टा भाँचिदा बस अनियन्त्रित भई दुर्घटनामा परेको बयान प्रहरीलाई दिएका छन् । अनियन्त्रित बसले एउटा मोटरसाइकललाई पनि ठक्कर दिएको सीसीटीभी फुटेजमा देखिएको छ ।

बसले किचेको भनिएको मोटरसाइकल र चालकबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार