• होमपेज
  • शिक्षा
  • विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

  • बिहिबार, भदौ १३, २०८१
विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

काठमाडौं — शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप नभएको दाबी गरेकी छन् ।

संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भट्टराईले प्रधानमन्त्रीबाट कुलपतिका हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै पनि हस्तक्षेप नभएको बताइन् ।

‘मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्न गुहारेको छैन’, कानुन बमोजिम कुलपति र सहकुलपतिको हैसियतले आवश्यक निर्देशन दिने काम संयुक्त रुपमा गर्ने गरेको भन्दै उनले भनिन्, ‘विश्वविद्यालयको व्यवस्थापकीय कार्यमा सरकारले हस्तक्षेप गरेको छैन । गर्ने पनि छैन ।’

तर राजनीतिक प्रतिवद्धता र कानुनी शासनलाई विश्वविद्यालयभित्र नस्वीकार्ने हो भने विश्वविद्यालयहरु हस्तक्षेपकारी अवस्थामा पुग्ने उनले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार